लियो क्लब अफ तनहुँमा सुनिल मिश्र

  • ख-
  • ख+

दमौलीः दमौलीका युवाहरुको क्लब लियो क्लब अफ तनहुँको अध्यक्षमा सुनिल मिश्रले कार्यकाल शुरु गरेका छन् ।

दमौलीमा आयोजित एक कार्यक्रमकाबीच निवर्तमान अध्यक्ष प्रवेश पोख्रेलले मिश्रलाई कार्यभार हस्तान्तरण गरे ।


क्लबको प्रथम उपाध्यक्षमा मोहम्मद गफार, द्वितिय उपाध्यक्षमा बसन्ती थापा, तृतीय उपाध्यक्षमा सु्निल श्रेष्ठ तथा सचिवमा सागर घिमिरे चयन भएका छन् ।


क्लबका कोषाध्यक्षमा रोबिन श्रेष्ठ, टेलट्विस्टरमा युबराज भण्डारी, सह सचिवमा सुस्मिता चौधरी तथा सह कोषाध्यक्षमा मुकेश बिडारी चयन भएको मिडिया रिलेशन अफिसर सबिन लामिछानेले जानकारी दिए ।


लायन्स डिस्ट्रिक्ट ३२५ बी १ का निवर्तमान गर्भनर अशोककुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ तनहुँका निवर्तमान अध्यक्ष ध्रुवराज पण्डितको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी