लायन्स तनहुँ दमौलीमा राजु राना

  • ख-
  • ख+

दमौलीः लायन्स कल्ब अफ तनहुँ दमौलीको अध्यक्षका रुपमा राजु रानाले कार्यभार सम्हालेका छन् । दमौलीमा आयोजित एक कार्यक्रमकाबीच क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष सरोज भण्डारीले वर्ष २०२१÷२२ का अध्यक्ष रानालाई कार्यभार हस्तान्तरण गरे ।


नवगठित क्लब कार्य समितिको प्रथम उपाध्यक्षमा बसन्त गिरी, द्वितिय उपाध्यक्षमा ओमराज श्रेष्ठ तथा तृतीय उपाध्यक्षमा महेन्द्र रिजाल चयन भएका छन् ।
क्लबको सचिवमा शेषराज श्रेष्ठ, कोषाध्यक्षमा बसन्त जिसी, मेम्बरसीप चियरपर्सनमा राम कृष्ण क्षेत्री तथा एलआईएफ कोर्डिनेटरमा कमल गिरी छन् ।


यसैगरी, क्लब सर्भिस चेयरपर्सन मनबहादुर रुचाल, क्लब मार्केटिङ कम्युनिकेसन चियर पर्सन चन्दन श्रेष्ठ तथा डाइरेक्टरहरुमा भुपाल आले, विशाल पण्डित, प्रकाश थापा तथा विजय घिमिरे चयन भयका छन् ।


कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ प्रमुख अतिथि थिए । उनले क्लबलाई दमौली क्षेत्रमा नमूना बन्न सुझाव दिए । निवर्तमान अध्यक्ष भण्डारीले क्लबले यस अघि गरेका कामका कारण बेग्लै पहिचान बनाएको बताए ।


नवनिर्वाचित अध्यक्ष रानाले विगतका कामसँगै थप नयाँ कामका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी