तनहुँ बाढी पहिरो: बन्दीपुर तामुङमा दुईको मृत्यु

  • ख-
  • ख+

दमौलीः बन्दीपुर ३ तामुङमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुर्दा दुई मृत भेटिएका हुन् ।


मृत्यु हुनेमा करिब ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राती खसेको पहिरोमा बेपत्ता उनीहरुको शव भेटिएको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले दमौली न्युजलाई जानकारी दिए ।

मृतकको शव जनपथ र नेपाल प्रहरीका जवानले उत्खनन् गरेका थिए । घटनामा परी अरु तीन घाइते भएका छन् ।

पहिरोका कारण घर पुरिए पछि स्थानीय बिस्थापित छन् ।

राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध
पृथ्वी राजमार्गको छिर्कनेमा धेरै ठाउँमा एकै साथ पहिरो खसे पछि आवतजावत बन्द छ । खुलाउने प्रयास भैरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी