भारी वर्षाले बोटे गाउँमा सडक भासियो, चार घर जोखिममा

  • ख-
  • ख+

दमौलीः सोमबार रातीदेखि परेको भारी वर्षाका कारण व्यास – १०, कुमलटारी बोटेगाउँस्थित मादीको मुख्य नाका कच्ची सडक भासिन पुगेको छ । नालीको पर्याप्त व्यवस्थापन नहुँदा र बाटो मर्मत नगर्दा कोमलटारी मिलन चोक देखि भल बाटोमै बग्दा यस्तो अवस्था आएको स्थानीयको भनाई छ ।


कच्ची बाटो पुर्ण रुपमा बन्द हुनुका साथै बिजुलिको लाईन सप्लाई भैरहेको पोल पनि जुन सुकै बेला ढल्न सक्ने खतरा बढेको छ । नजिकैका चार घर निकै जोखिममा छन । स्थानीय बासिन्दाका अनुसार मादी खोला देखि करोडौं रुपैयाँको गिट्टी बालुवा निकास हुने मुख्य नाका यही हो ।


यस ठाउँ जोखिममा परेको विषय पटक पटक वडा कार्यालय तथा नगरपालिकामा खवरदारी गर्दा समेत कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी