डा शेषरमण भन्छन्,‘क्षमताका हिसाबले नगर सभापतिमा म योग्य’ (भिडियो )

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास नगर समिति सभापतिमा उठ्ने घोषणा गर्नेको लर्को लागेको छ । कांग्रेस स्थानीय तहको अधिवेशन नजिकिंदै जाँदा नगरको नेतृत्वका आकांक्षी बढेका हुन् ।


यसैक्रममा स्थानीय शासनका क्षेत्रमा लामो समय काम गरेका डा. शेषरमण न्यौपानेले आफू पनि सो पदमा उठ्ने घोषणा गरेका छन् ।


लामो अनुभव र पार्टीसँगको लामो साइनो तथा क्षमताका आधारमा आफू चुनाव लड्ने उनले बताए । पत्रकार भेटघाट गर्दै उनले नयाँ पुस्तालाई नेतृत्व दिन पनि आफू योग्य उम्मेदवार रहेको बताए ।


नेपाल विद्यार्थी संघ हुँदै राजनीति गरेका न्यौपाने जिविस महासंघमा लामो समय बसेर स्थानीय शासनका क्षेत्रमा क्रियाशिल थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी