‘कोभिडपछिको पत्रकारिता’ संवाद

  • ख-
  • ख+

दमौलीः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ पछि पत्रकारिताको भविष्यको योजना बनाउन सहयोग पु¥याउने उद्देश्यले ‘कोभिड पछिको पत्रकारिता संवाद’ कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँको आयोजना तथा नेपाल पत्रकार महासंघको समन्वयमा बुधबार पत्रकारहरुको समस्या, चुनौती र भविष्यको योजना बनाउन सहजता कायम गर्न कार्यक्रम गरिएको हो ।


नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकारिता अहिले प्रविधिको युगमा प्रवेश भएको भन्दै प्राविधिक ज्ञानमा विज्ञता हासिल गर्न आवश्यक रहेको बताए । विष्टले कोभिड संक्रमणले पत्रकारितामा धेरै चुनौती थपिएको बताए ।

कोभिडले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीय तहहरुसँग समन्वय गरी व्यवस्थापनमा जुट्नुपर्ने बताए । सरकारले पत्रकारहरुका लागि बजेटमा समावेश गरेको योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रक्रियामा कुनै कसर नछाड्ने विष्टले बताए ।


नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय प्रदीप काफ्ले र त्रिभुवन पौडेल, महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, प्रादेसिक खबरका प्रधान सम्पादक मदन वाग्ले, दमौली न्युज डट कमका सम्पादक पवन पौडेल, उपाध्यक्ष अस्मिता खनाल, सचिव प्रताप राना लगायतले मिडिया सञ्चालन र देशको कालखण्डमा जस्तोसुकै परिस्थितिमा पनि आफैं जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी