तनहुँ कोरोना अपडेटः अझ बढ्यो संक्रमण, एकको मृत्यु ९४ नयाँ संक्रमित

  • ख-
  • ख+

दमौलीः दुई दिनयता उकालो लाग्न थालेका कोरोना ग्राफ आज थप उकालो लागेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमणका ९४ नयाँ घटना सार्वजनिक भएका छन् ।


कुल परीक्षण गरिएका दुई सय ११ जनामध्ये ४६ महिला र ४८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।


यस अवधिमा शुक्लागण्डकी ६ का ४१ वर्षका संक्रमितको ज्यान गएको छ । उनको गण्डकी मेडिकल कलेजमा सोमबार ज्यान गएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी