रोटरी क्लब अफ दमौलीमा दिनेशकुमार

  • ख-
  • ख+

दमौलीः रोटरी क्लब अफ दमौलीको वर्ष २०२१–०२२ को अध्यक्षमा दिनेशकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । क्लबको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमकाबीच वर्ष २०२०–०२१ का अध्यक्ष दामोदर भण्डारीले नयाँ अध्यक्ष दिनेशकुमार श्रेष्ठलाई पदभार हस्तान्तरण गरे ।


कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले नयाँ अध्यक्षलाई बधाई दिए । उनले रोटरीले व्यास नगरको सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताए ।


कार्यक्रममा नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलगायत रोटरी तथा रोट¥याक्टमा आवद्ध सदस्यहरु उपस्थित थिए ।

यससँगै रोट¥याक्ट क्लब अफ दमौलीमा पनि सुशान्त अधिकारीको नेतृत्वमा नयाँ कार्य समितिले कार्यकाल आरम्भ गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी