तनहुँ पहिरो: डुम्रे बेसीसहर सडक अवरुद्ध, चिसापानीमा घर पुरियो

  • ख-
  • ख+

दमौली : मंगलबार साँझ देखि परेको अविरल बर्षाका कारण बन्दीपुरमा एक घर पूर्ण रुपमा क्षति भएको छ भने विभिन्न मार्ग अवरुद्ध भएका छन् । बन्दीपुर गाउँपालिका–१ चिसापानी निवासी राजु खड्कीको घर पहिरोले पुरिँदा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । बिहानीपख पहिरोले घर पुरिँदा मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी तनहुँको डुम्रे–बेसीशहर जाने सडक अवरुद्ध भएको छ । भानुनगरपालिका–१ अँधेरी खोला नजिक पहिरो खस्दा अबरुद्ध भएकोछ ।
माथिबाट पहिरो. खसिरहेकोले पहिरो पन्छाउन कठिनाई भएको उनले बताए । पहिरो पन्छाउन लामो समय लाग्ने देखिएकोले बेसीशहर जाने वैकल्पीक मार्ग रहेकोले सर्वसाधारणहरुले बैकल्पीक मार्ग प्रयोग गर्न समेत जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

त्यसैगरी दमौली–कलेस्ती बजार जाने सडकको व्यासनगरपालिका–१० दुम्सीचौर नजिक बाढीले कल्भर्डमा क्षति पुराउँदा आवतजावतमा समस्या भएको छ । केही दिन अघि मात्रै राखिएको कल्भर्डको दायाँ बायाँको माटो खोली दिँदा समस्या पैदा भएको छ । अवरुद्द भएका सडक खुलाउन प्रहरी परिचाल गरिसकिएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी