
काठमाडौं ः देशमा १२०१ जनामा नयाँ संक्रमण भेटिएको छ । पछिल्लो २४ घण्टाको परीक्षण नतिजाअनुसार उल्लिखित संख्यामा कोभिड १९ को संक्रमण भेटिएको हो ।
१० हजार १७६ नमुना देशैभरका प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।