तनहुँ निषेधाज्ञाः निजी सवारी साधन जोरबिजोर चल्ने

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनले निजी सवारी साधन चल्न दिने भएको छ । बिहिबारबाट जोर बिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।


प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने उल्लेख छ । तर सार्वजनिक सवारी साधनलाई भने अझै खुला गरिएको छैन ।


यस अघि असार २४ सम्म निषेधाज्ञा थप भए पनि यसपालीको मोडल पहिलेभन्दा निकै लचक देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी