
दमौली: व्यास नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गर्न लागेको पीसीआर ल्याबका लागि आठ लाख बढी सहयोग गरेका छन् ।
नगरपालिकाका कर्मचारीहरुको मंगलबार बसेको स्टाफ बैठकले अधिकृतस्तरका कर्मचारीले पाँच दिनको तलब दिने निर्णय गरेको छ ।
यसैगरी, सहायक स्तरका कर्मचारीले तीन दिन तथा श्रेणी विहिन कर्मचारीले एक दिनको तलब दिने निर्णय गरेका छन् ।
नगरपालिकाले सबैको तलब एकमुष्ठ तलब खातामा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।