तनहुँ निषेधाज्ञाः आईतबारबाट सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने

  • ख-
  • ख+

दमौलीः तनहुँमा आगामी आईतबारबाट सरकारी कार्यालयले सेवा दिने भएका छन् । यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैंक, बिमालगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ ।


जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा आईतबारबाट ती सेवा नियमित हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।


तर सार्वजनिक यातायातका साधन भने तत्काल जोखिम कायमै रहेको भन्दै नखुलाइने भएको छ । प्रशासनले असार २४ सम्म तोकिएको निषेधाज्ञामा मापदण्ड पालना गर्न कडाई गर्ने पनि बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी