नगर सभापति उठ्ने अधिकारीको घोषणा

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस व्यास नगर सह सभापति डम्बरबहादुर अधिकारीले सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । आन्तरिक रुपमा कार्यकर्ता भेटघाटका क्रममा उनले नगरको नेतृत्व लिन तयार रहेको बताउने गरेका छन् ।


पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिए सँगै उनले सामाजिक सञ्जालमार्फत प्रचार व्यापक पारेका छन् । नेतृत्व युवा पुस्तालाई हस्तान्तरण हुनुपर्ने भन्दै नेतृत्व दौडमा बढेका अधिकारीले अब युवा नेतृत्व लिनका लागि भन्दै दौडधुप पनि बढाएका छन् ।


हरेक वडामा स्वास्थ्य सामग्र िलिंदै पुगेका उनले अब युवा पदाधिकारी आउनुपर्ने बताएका छन् । नगर सभापतिका लागि तयारी गरिरहेका उनले औपचारिक रुपमै घोषणा गरेर चुनावी अभियान अघि बढाउने तयारी गरेका छन् । उनी पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीनिकट मानिन्छन् ।


पार्टीको नगर नेतृत्वका लागि ट्रेड युनियन कांग्रेस सभापति सूर्यचन्द्र हड्खले, व्यास १० वडाध्यक्ष तुलसी सापकोटा, उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, कमल खनाल, डा. शेषरमण न्यौपाने, हरिदत्त पौडेललगायतले समेत तयारी तीव्र पारिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी