प्रशासन भन्छ,‘शनिबारसम्म वर्षा हुन सक्छ, सतर्क हुनु’

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रशासनले निरन्तर वर्षा हुन सक्ने भन्दै सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ ।


एक सूचना जारी गर्दै प्रशासनले बिहि देखि शनिबारसम्म वर्षा हुने सूचना प्राप्त भएको भन्दै बाढी, पहिरोलगायतका जोखिम देखिएकाले सजग रहन नागरिकहरुलाई आग्रह गरेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा बाढी पहिरो हुने क्षेत्रमा नजान, नदी किनारमा नजान तथा पौडी नखेल्न भनिएको छ ।


खासगरी सेती, मादी, मस्र्याङदी तथा कालिगण्डकी किनारमा नजान प्रशासनले सुझाएको छ ।
कुनै आपतकालिन समस्या देखिएका खण्डमा जिल्ला आपतकालिन केन्द्रको ०६६५६११६१, प्रजिअको ९८५६०६७७७७, प्रहरी प्रमुखको ९८५६०६५५५५ तथा सहायक प्रजिअको ९८५६००११११ मा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी