
दमौलीः व्यास नगरपालिकाले हालको भवनका पुराना भाग भत्काएर नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । नगरको नीति तथा कार्यक्रममा समावेश बहुद्देश्यीय कम्प्लेक्सका लागि राजधानीमा ऋण सम्झौता भएको हो ।
झण्डै २९ करोड लागत अनुमान गरिएको भवनका लागि नगर विकास कोषले २० करोड १९ लाख ऋण दिने भएको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले ऋण सम्झौतामा हस्ताक्षर गरे । साढे दुई रोपनी क्षेत्रफलमा बन्ने भवनका लागि नगरपालिकाले आफ्नै श्रोतबाट आठ करोड ६५ लाख बेहोर्नेछ ।
दुई वर्षभित्र बन्ने भवन अहिलेको व्यवसायिक भवनभन्दा ठूलो र व्यापारिक तथा कार्यालय प्रयोजन दुवैका लागि उपयोगमा आउने नगर प्रमुख न्यौपानेले बताए । ‘यसले नगरको आन्तरिक आय बढ्ने र बजारीकरणमा पनि सघाउनेछ, उनले भने ।