सरकार भन्छ,‘यी कम्पनीको स्यानिटाइजर नकिन्नुस्’(सूचीसहित )

  • ख-
  • ख+

काठमाडौंः सरकारले पाँच कम्पनीको नामै किटेर उनीहरुबाट उत्पादित स्यानिटाइजर नकिन्न नागरिकलाई आग्रह गरेको छ ।

शनिबार एक सूचना निकाल्दै औषधी व्यवस्था विभागले प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरित विषाक्त रसायन मेथानल प्रयोग भएको पाइएको भन्दै ती स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ ।

विभागले निकालेको सूचनामा भक्तपुरको नेपाल कायाकल्प उद्योग भक्तपुरसहित काठमाडौंका हाईजिन सोप एण्ड केमिकल्स, आधार केमिकल एण्ड फुड इन्डष्ट्रीज, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्टका उत्पादन प्रयोग गर्न नहुने उल्लेख छ ।


यस्ता स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै विभागले ती उत्पादनको बिक्री वितरण रोक्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ । यी उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको पनि विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्