म्याग्दे गाउँपालिकाको संयोजकको जिम्मेवारीबारे फैलिएको समाचारप्रति जानकी थापाको ध्यानाकर्षण

दमौली न्युज
  • ख-
  • ख
  • ख+


दमौली : नेपाली कांग्रेसकी नेतृ जानकी थापाले नेपाली कांग्रेस इतरपक्ष समूहको म्याग्दे गाउँपालिका, तनहुँको संयोजकको जिम्मेवारी आफूलाई प्रदान गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

थापाले २०८३ असोज २२ गते आफूलाई उक्त जिम्मेवारी प्रदान गरिएको भनी प्रचार गरिएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धाका क्रममा आफूलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले हार्दिक आभार व्यक्त गरेकी छन्।

उनले आफू सधैँ लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै निर्वाचनका क्रममा प्राप्त प्रेरणादायी मतले आफूलाई थप ऊर्जा मिलेको बताएकी छन्।

लोकतन्त्र र प्रजातन्त्रको सुदृढीकरणका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले नेपाली कांग्रेस पार्टीप्रति सधैँ बफादार रहने र आफू जुन भूमिकामा रहे पनि त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने स्पष्ट पारेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी