दमौली : तनहुँको व्यास नगरपालिका–७ स्थित मादी नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न चारवटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ मातहतको प्रहरी चौकी शिशाघाटबाट खटिएको प्रहरी टोलीले २०८३ असोज २३ गते मादी नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चारवटै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले असोज २८ गते ती सवारीसाधनलाई एकमुष्ट ६३ हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।











