काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्र्तगत पेशागत (विषय विज्ञ) तर्फको केन्द्रीय सदस्यमा तनहुँका डा. जगदीशचन्द्र पोखरेलले निरन्तर अग्रता लिएका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका प्राडा पोखरेल हालसम्मको मतगणनामा शीर्ष २ स्थानमा छन् ।
पाँच पदका लागि भएको निर्वाचनमा सबैभन्दा धेरै मत हालसम्म डा. केदारनरसिंह केसीले दुई हजार ३४ पाउँदा दोश्रो स्थानमा रहेका पोखरेलले एक हजार पाँच सय ६८ मत पाएका छन् ।
तेश्रो स्थानमा रहेका प्रदीप मिश्रले एक हजार चार मत पाउँदा चौथोमा रहेका वरिष्ठ अधिवक्ता सीताराम केसीले नौ सय ७७ र शिवशंकर रिजाल (जोगिन्दर पानवाला) नौ सय ५४ मत पाएका छन् ।
२४ जनाले यस विधाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।











