थर्पूमा सबै व्यवसाय ‘पाँच घण्टा खुला’

  • ख-
  • ख+

थर्पुः कोरोना संक्रमण फैलिएको भन्दै थर्पू बजार क्षेत्रमा तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईले गरेको बजार बन्द मंगलबारबाट खुल्ने भएको छ ।


एकाईले जोखिम फैलने भन्दै अत्यावश्यकबाहेक सबै पसल बन्द गराउने निर्णय गरेको थियो । ‘बजारमा भित्रििभत्रै संक्रमित बढेपछि जोखिम घटाउन बन्दको निर्णय गरेका थियौंं,’ सभापति भीमलाल श्रेष्ठले दमौली न्युजसँग भने,‘अब देनिक पाँच घण्टा खोल्ने निर्णय गरिएको छ ।’


उनले प्रशासनबाट नयाँ निर्णय नआउँदासम्म यस्तो व्यवस्था गरिएको बताए । एकाईको आह्वान पछि छ दिन बजार बन्द भएको थियो ।

थर्पू बजार तथा आसपासका क्षेत्रमा केही व्यक्तिको ज्यान जानुका साथै थर्पूमा मृतकका आफन्तमा समेत संक्रमण पुष्टि भए पछि एकाईले औषधी बाहेकका पसल बन्द गर्ने निर्णय गरेको थियो ।

६ दिन सम्म बन्द रहेको थर्पु बजार भित्र का खाध्यान्न तरकारी लगाएत सबै ब्यबसाय भोलि देखि तनहुँ जिल्ला प्रसासन को नया निर्णय नआइन्जेल सम्म का लागि बिहान ५ बजे देखि बिहान १० सम्म बजे खुल्ला रहने जानकारी गर्दछु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी