पत्रकार कल्याणकारी कोषमा एसपी पौडेलको सहयोग

  • ख-
  • ख+

दमौलीः नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा भएका उनले महासंघ तनहुँ शाखाका अधयक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गरे । पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा आफुले सहयोग गर्न पाउँदा खुशी लागेको प्रहरी उपरीक्षक पौडेलले बताए ।


कोषमा रकम प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गरे ।


नेपाल पत्रकार महासंघ तनहुँकोे पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णयसँगै पत्रकारहरू, शुभेच्छुक,सहयोगी संस्था र व्यक्तिबाट कोषमा सहयोग आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी