तनहुँ कोरोना अपडेटः एकको मृत्यु, ४८ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण एक जनाले ज्यान गुमाएका छन् ।


कोरोना संक्रमणका कारण ज्यान जानेमा भिमाद ५ निवासी ७८ वर्षिया वृद्धा छन् । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


पछिल्लो २४ घण्टामा तनहुँमा २३ महिला र २५ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी