भोर्लेटारचोकमा ट्राफिक बिट

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले ट्राफिक प्रहरीका लागि भोर्लेटार चोकमा निर्माण गरेको ट्राफिक बिट प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आईतबार आयोजित एक कार्यक्रममा व्यास–४ पृथ्वी राजमार्ग छेउमा निर्मित बिट नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्रहरी उपरिक्षक अरुण पौडेललाई चाबी हस्तान्तरण गरे । उनले नागरिक र सुरक्षा निकाय एकसाथ मिलेर सहकार्य गरेमा समाजमा शान्ति सुरक्षा कायम गर्न सफलता मिल्ने बताए ।

प्रहरी उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापनसहितका विषयमा नगरको सहयोग रहेको भन्दै आगामी दिनमा यस्ता सहयोगको निरन्तरता दिन अनुरोध गरे ।

करिब १ लाख रुपैयाँको लागतमा बिट नर्माण गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी