विश्व नेपाली साहित्य प्रतिष्ठान गण्डकी गठन, महासचिवमा तनहुँका आकाश

  • ख-
  • ख+

दमौली: नेपाली साहित्यको समग्र विकास, अग्रज स्रष्टाहरुको सम्मान तथा नव सर्जकलाई प्रोत्साहन तथा साहित्यिक गतिविधिहरुलाई व्यवस्थित रूपमा संचालन गर्न भन्दै लक्ष्मीप्रसाद मिश्रको अध्यक्षतामा गण्डकी प्रदेश कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष सीता विष्ट कार्की स्याङ्जा, महासचिव आकाश अधिकारी तनहुँ, सचिव हरेराम पौडेल लमजुङ, कोषाध्यक्ष सीता शर्मा पर्वत छन् । कार्यसमिति सदस्यहरुमा पूर्ण प्रसाद पन्त,चुडा निर्भीक गोरखा, विष्णु शर्मा पर्वत, रेखा रेग्मी म्याग्दी, पुर्णदेवी न्यौपाने लमजुङ, कोपिला कँडेल बाग्लुङ, करुणा ढकाल कास्की छन् ।


केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट शुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियान महत्त्वपूर्ण भन्दै नेपालको सातै प्रदेश र जिल्ला गठन पश्चात वैदेशिक रा्ष्ट्रमा गठन गर्न खगेन्द्र बस्यालको संयोजकत्वमा कार्य अगाडि उल्लेख गरे ।


सभापति लक्ष्मीप्रसाद मिश्रले आफू सेवानिवृत व्यक्ति भएकोले बाँकी जीवन साहित्य सेवा मै अर्पण गर्ने विनेसाप्र गण्डकी प्रदेशलाइ आधार बनाइ कार्य गर्ने प्रतिबद्धता जनाएको प्रतिष्ठानका केन्द्रीय महासचिव शिव खनाल जीवमले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी