कोरोना अपटेड :गण्डकी प्रदेशमा २४ को मृत्यु

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा एकै दिन दुई जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजाका ८५ वर्षका वृद्धको ज्यान गएको केही पछि पोखराकै फिस्टेल अस्पतालमा पोखरा ५ की ४५ वर्षिया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

दुवैको उपचारका क्रममा ज्यान गएको बताइएको छ । यससँगै प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले उल्लेख गरेका छन् ।

४ जिल्लाका ८३ नयाँ संक्रमित
निर्देशनालयका अनुसार प्रदेशमा शनिबार विहानसम्म चार जिल्लामा ८३ जना संक्रमित भेटिएका छन् ।

स्याङजामा भने पाँच जनामा संक्रमण भेटिएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वमा पर्ने देवचुली नगरपालिकाका ३४ जनासँगै कास्कीको पोखरा महानगरपालिकाका ३४ जना र विनय त्रिवेणीका सात संक्रमित भेटिएका छन् । गोरखा र लमजुङमा यसबीचमा एक जनामा संक्रमण भेटिएको छ ।
पछिल्लो तथ्यांकले प्रदेशमा कोरोना संक्रमणको दर बढिरहेको देखाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्