खानेपानी प्रसोधन केन्द्रमा वृक्षारोपण

  • ख-
  • ख+

दमौलीः दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रसोधन केन्द्र व्यास ४ कटपानीमा वृक्षारोपण गरिएको छ ।


पानी प्रसोधन केन्द्रको पर्यावरणीय संरक्षणका लागि वृक्षारोपण गरिएको अध्यक्ष वृषराज श्रेष्ठले जानकारी दिए ।
वृक्षारोपणको नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष एवं नगर उपप्रमुख मिरा जोशी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठ, डिभिजन वन कार्यालयका सहायक प्रमुख नारायण कोईराला, वडा नं ४ का अध्यक्ष विश्व न्यौपाने, वडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठ लगायत संस्थाका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको संस्थाले जनाएको छ ।

त्यसक्रममा धुपी, अशोका, कपुर, तेजपत्तालगायत करिब दुई सय बेर्ना रोपण गरिएको संस्थाका अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी