व्यासको कृषि अनुदानः दुधदेखि खसी बोकासम्मका लागि करोड

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले सहकारी किसानको दुध देखि खसी बोका बिक्री सम्ममा अनुदान दिनका लागि आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड बढी रकम विनियोजन गरेको छ ।
नगरपालिकाले सहकारीमार्फत बिक्री गर्ने दुधका लागि प्रति लिटर एक रुपैयाँका लागि १५ लाख विनियोजन गरेको छ ।


यसैगरी सहकारीमार्फत नै बिक्री हुने खसी बोकाका लागि प्रति किलो पाँचका दरले पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले गाई भैंसी, बाख्रा तथा बंगुर प्रवद्र्धन भन्दै खरिदका लागि आधा अनुदान दिन २० लाख विनियोजन गरेको छ ।


यसैगरी नगरपालिकाले धान तथा मकैको बीउ आधा अनुदानका लागि किन्न २० लाख विनियोजन गरेको छ । नगरपालिकािले आलु, लसुन तथा प्याजको पकेट क्षेत्रका लागि बिउ किन्न भन्दै आधा अनुदान दिन १० लाख विनियोजन गरेको छ ।

विदेशबाट फर्केका लागि २० लाख अनुदान
नगरपालिकाले विदेशबाट फर्कनेका लागि कृषि उद्यमीका रुपमा सघाउन भन्दै २० लाख अनुदानको घोषणा बजेटमार्फत गरेको छ । यसैगरी तरकारी मूल्य श्रृंखलाका लागि १५ लाख, पशुजन्य रोग नियन्त्रणका लागि औषधी किन्न भन्दै पाँच लाख पनि नगरपालिकाले विनियोजन गरेको छ ।

नगरको बजेटमा गोवद्र्धन शर्मा कृषि अध्ययन अनुसन्धान कार्यक्रमका लागि भन्दै १० लाख विनियोजन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी