तनहुँसुर फिडरको समस्याः विद्युत झ्याप झ्याप, समाधानका लागि ध्यानाकर्षण

  • ख-
  • ख+

दमौलीः तनहुँसुर फिडरबाट विद्युत वितरण भएका व्यास १० तथा ११ र १२ नम्बर वडाका धेरै भागमा विद्युत निरन्तर अवरुद्ध हुने समस्या देखिएको छ ।


यसका कारण कठिनाई भएको भन्दै व्यास–१० शान्तिनगर टोल विकास संस्थाको एक प्रतिनिधिमण्डलले ध्यानाकर्षण गरेको छ । टोल विकास संस्थाका अध्यक्ष प्रेमराज मिश्रको नेतृत्वमा भएको टोलीले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरणका केन्द्रका प्रमुख सोवित क्षेत्रीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।


‘विद्युत अवरुद्ध भैरहने समस्या देखियो,’ उनले दमौली न्युजसँग भने,‘समस्या समाधान गरिदिनुस् भनेर भनेका छौं ।’जवाफमा प्रमुख क्षेत्रीले तनहुँसुर फिडरमा केही समस्या देखिएको पत्ता लागेको भन्दै मर्मतको काम थालिएको बताए ।

उनले समस्या समाधान हुने पनि बताए । लगत्तै प्राधिकरणको प्राविधिक टोलीले तनहुँसुर फिडरको मर्मत थालेको थियो । शुक्रबार अवरुद्ध हुने समस्या हटेको अध्यक्ष मिश्रले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी