भिमादको बजेट ५८ करोड

  • ख-
  • ख+

भिमादःआर्थिक बर्ष २०७८÷२०७९ का लागि भिमाद नगरपालिकाले ५८ करोड ५६ लाख ८ हजार रुपैयाँको बजेट पेश गरेको छ । नगर प्रमुख मेखबहादुर थापाको अध्यक्षतामा बसेको नवौं नगरसभामा उपप्रमुख शारदा खनालले बजेट पेश गरेकी हुन् ।


कुल बजेटको ६३.३ प्रतिशत अर्थात् रु ३७ करोड ४ लाख १० हजार ८ सय ७० चालुतर्फ र ३६.७ प्रतिशत अर्थात २१ करोड ५१ लाख ९७ हजार १ सय ३० रुपैयाँ बजेट पुजिगत तर्फ विनियोजन भएको छ ।

भिमाद नगरपालिकाको बजेटले कोरोना संकटको संभावित जोखिम, रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

कुल बजेटमध्ये आर्थिक बिकास क्षेत्रमा रु ३ करोड ४५ लाख ७७ हजार १ सय ३० , सामाजिक बिकास तर्फ रु ३० करोड १ लाख २० हजार ८ सय ७०,पुर्वाधार विकास तर्फ १६ करोड ३२ लाख , सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ रु ५७ लाख १० हजार , कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड २० लाख हुने अनुमान गरिएको छ ।


नगरले अन्तर अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु ११ करोड ९६ लाख , सशर्त चालू अनुदान २४ करोड २४ लाख, सशर्त पुजीगत अनुदान रु २ करोड २९ लाख र विशेष अनुदान रु ४२ लाख एवम् संघीय राजश्व बाडफाँटबाट रु ८ करोड ४१ लाख ८७ हजार गरी कुल ४७ करोड ३२ लाख ८७ हजार आय अनुमान गरेको छ ।


यसैगरी, गण्डकी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तरगत समानीकरण अनुदान १ करोड ३८ लाख ४२ हजार , प्रदेश राजश्व बाडफाडबाट रु १ करोड ५० लाख ७९ हजार , घर जग्गा रजिस्ट्रेशनबाट रु ४० लाख ,समपुरक अनुदान रु १ करोड गरि कुल ४ करोड २९ लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।


सडक बोर्ड नेपालबाट ३० लाख प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक आयतर्फ रु २ करोड ५० लाख र चालू आर्थिक बर्षको खर्च नभई बाकी हुने अनुमानित ४ करोड १४ लाख गरि कुल ६ करोड ६४ लाख आय अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी