बन्दीपुरको बजेटः पर्यटकीय पूर्वाधारमा लगानी, मिनी ग्रेट वाललाई डेढ करोड (दस्तावेज सहित)

  • ख-
  • ख+

बन्दीपुरः तनहुँको बन्दीपुर गाउँपालिकाले ५१ करोड ३४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभामा उपाध्यक्ष करुणा गुरुङले प्रस्तुत गरेको बजेटले पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ ।


गाउँपालिकाको बजेटमा चर्चित पर्यटकीय स्थल मिनी ग्रेट वाल र सिसाको भ्यु टावर प्रत्येकलाई डेढ करोड विनियोजन गरेको छ । गाउँपालिकाका अस्पताल र स्वास्थ्य एकाईका लागि आपतकालिन अवस्थामा चाहिने भन्दै बजेटमा औषधी किन्न ३३ लाख विनियोजन गरेको छ ।


यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले पर्यटकीय पूर्वाधार विकासमा प्राथमिकता दिने उल्लेख गरेका थिए । गाउँपालिकाले डुम्रे बन्दीपुर जाने सडकको स्तरोन्नतिका लागि २ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ । अन्य पर्यटकलक्षित योजनामा पनि गाउँपालिकाले बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत महेस सुवेदीले बताए ।


गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषक र उत्पादनलाई प्राथमिकता दिने उनले घोषणा गरे । गाउँपालिकाले सहकारीलाई दुध उत्पादनमा प्रति लिटर रु १ अनुदान घोषणा गरे ।


गाउँपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन भन्दै कर्मचारीलाई बिदा र प्रोत्साहन दिने बतएको छ ।
गाउँपालिकाले उत्कृष्ट काम ग र्नेलाई नमूना वडा घोषणा गर्दै पुरस्कृत घोषणा गर्ने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी