भानुको बजेट प्रस्तुत हुन सकेन, छलफल हुँदै

  • ख-
  • ख+

भानुः भानु नगरपालिकाको नगर सभा शुरु हुन सकेको छैन । नगरपालिकाको सभा शुरु हुनु पूर्व अन्तिम तयारीका लागि कार्यपालिका सदस्यहरुबीच अन्तिम परामर्श गरिएको छ ।


बिहिबार कार्यपालिका बैठक बोलाइएको थियो । सामान्यतः असार १० गतेभित्र बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि छलफलपश्चात काम अघि बढाइने नगरपालिका श्रोतले बताएको छ ।


वडाबाट पठाउने योजनाको संख्यामा केही वडाले असहमति जनाए पछि छलफल पश्चात घोषणा गर्ने तयारी छ । नगरपालिकाले २० वटा योजना पठाउन शिलबन्दी तोके पनि केही वडाले बढी पठाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी