व्यासको बजेट एक अर्ब ७७ करोड (दस्तावेज)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले एक अर्ब ७७ करोडको बजेट ल्याएको छ । दमौलीस्थित नगरपालिकाको सभाहलमा ३५ औं नगर सभामा नगर उप प्रमुख मीरा जोशीले बजेट प्रस्तुत गरेकी छन् ।

नीति तथा कार्यक्रम पारित भए पछि नगरपालिकाले बजेट ल्याएको हो ।

बजेटमा कोरोना भाइरसका कारणले राजश्व संकलन, अनुदान प्राप्त अवस्था सन्तोषजनक नभएकोले विकास आयोजनाहरुमा गति लिन नसक्दा यसवर्ष सम्झौता भइसकेका तर सम्पन्न हुन नसकेका नगरवासीको भावना र सरोकारसँग जोडिएका योजना भन्दै अधुरा योजनाहरु र निरन्तर क्रमागत योजनाहरुमा रु.१० करोड विनियोजन गरिएको छ ।

बजेटले दुग्ध सहकारी मार्फत बिक्री हुने दुधमा प्रतिलिटर रु.१। र सहकारी मार्फत बिक्री हुने खसीबोकामा प्रति किलो रु.१०। सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको दिएको छ ।

यसबाहेक बजेटले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कृषि र किसानसँग सम्बन्धित अनुदान कार्यक्रममा नगरपालिकाको बजेट पर्याप्त विनियोजन गरिएको नगरपालिकाले दाबी गरेको छ ।
यसैगरी प्राथमिकता दिएका भनिएका योजनाहरुमा पनि नगरपालिकाले प्रशस्त बजेट विनियोजन गरेको छ ।

बजेटको तनहुँ टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी