व्यासको नगर सभा आज, एक अर्ब ७७ करोडको बजेट आउँदै

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको ३५ औं नगर सभा अब केही बेरबाट शुरु हुँदैछ । दमौलीस्थित नगर सभा हलमा आयोजित कार्यक्रममा नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ ।


नगरपालिकाले यसपाली एक अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
विहान साढे ११ बजेबाट शुरु हुने नगर सभा बैठकमा पहिले नीति तथा कार्यक्रममा छलफलपछि पारित हुनेछ ।

यसैगरी दिउँसो तीन बजे बजेट पेश गर्ने कार्यतालिका रहेको नगरपालिकाका सूचना शाखा प्रमुख गोकर्ण वाग्लेले बताए । बजेटको तनहुँ टेलिभिजन, टेलिभिजनको युट्युब तथा फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण हुने नगरपालिकाका कार्यालय प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी