ऐतिहासिक मुकुन्देश्वरी मन्दिर क्षेत्रमा कोषाध्यक्ष गुरुङद्वयबाट वृक्षारोपण

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर २ मुकुन्देश्वरी मन्दिर क्षेत्रमा नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ र रेडक्रस तनहुँ शाखाका कोषध्याक्ष सुकुमलाल गुरुङले वृक्षारोपण गरेका छन् । गुरुङद्वयले आफ्नै सक्रियतामा वृक्षारोपण गरेका हुन् ।

बाईसे चौबिसे राजाको पालामा पाल्पाबाट यस क्षेत्रमा आएर राज्य गरेका राजा मणि मुकुन्द्सेनको हत्या भएको किंवदन्ती छ । त्यस ठाउँमा सेनलाई गोर्खा राजाले शान्तिका लागि देवघाटमा बोलाइ छलफलको क्रममा गोर्खाका राजाले पहिले नै हतियार लगेर बालुवा लुकाइ राखेर अरु राजाहरुलाई बिना हतियार बोलाएको र त्यही क्रममा मणिमुकुन्द सेन को हत्या भएको पुराना इतिहासकारहरुले बताउँछन् ।


मणिमुकुन्द सेनको मृत्यु पछि उनको शक्तिले गर्दा मुकुन्देश्वरी मन्दिरको रुपमा छ । त्यहाँ अहिले पनि भग्नावशेष दरबार छ । यस्तो पुरानो मठमन्दिर को संरक्षण गर्न वृक्षारोपण गरिएको कांग्रेस कोषाध्यक्ष गुरुङले बताए ।


अहिले गाउँलेको प्रयासमा बिजुली, पैदलमार्ग र गाउँपालिकाले पुर्वी क्षेत्रबाट मिनि ग्रेटवाल बनाउँदै मन्दिरमा जोड्ने योजना बनाएको उनले बताए । बन्दीपुर गाउँपालिकाले मणिमुकुन्देश्वरी पर्खाललाई विशेष महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी