तनहुँमा सरकारी सेवा खुलाउने तयारी, तीन दिनभित्र योजना ल्याउन प्रशासनको निर्देशन

  • ख-
  • ख+

दमौलीः निषेधाज्ञामा खुकुलो गराउँदै गएको तनहुँ प्रशासनले सरकारी कार्यालयको सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।


प्रशासन कार्यालय तनहुँमा बसेको जिल्लास्तरीय अनुगमन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै सेवाप्रवाह गराउने निष्कर्ष निकालेको थियो ।


लामो समयसम्म कोभिड १९ को संक्रमण जोखिमका कारण सेवा प्रवाह ठप्प हुँदा जनसमुदायलाई अप्ठेरो भएको निष्कर्ष निकाल्दै सेवा प्रवाह नियमति बनाउने तयारी गरिएको प्रशासनले जनाएको छ । यसका लागि प्रशासनले कार्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डका हिसाबले सेवाप्रवाह नियमित बनाउने योजना तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकमा व्यास नगर उप प्रमुख आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका प्रमुख तथा जिल्ला समन्वय अधिकारी लगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी