टेलिकमको मोबाईलमा बिहानै देखि समस्या

  • ख-
  • ख+

दमौली: बुधबार बिहानै देखि नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकम प्रवक्ता राजेश जोशीका अनुसार ठ्याक्कै कहाँ समस्या आएको हो पत्ता लागिसकेको छैन ।
अहिले समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि ठ्याक्कै समस्या आएको प्रणाली पत्ता लागि नसकेको उनले बताए ।
तर यो समाचार तयार पार्दासम्म केहीको मोबाईल नेटवर्क भने चलेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी