अरुण पौडेलपछि आउने तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनाली को हुन् ?

  • ख-
  • ख+

दमौलीः प्रहरी प्रधान कार्यालयले एकै साथ देशका ५२ प्रहरी उपरीक्षकको सरुवा भएसँगै तनहुँको प्रहरी नेतृत्व पनि फेरिएको छ ।


तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दिनेशराज मैनाली तनहुँको प्रहरी प्रमुखका रुपमा आउँदैछन् ।


झण्डै दुई वर्षे कार्यकाल सकेर पौडेल सरुवा रहँदा केही मिश्रित अनुभव रह्यो । अदालतबाट फरार अपराधीको पक्राउमा पौडेलको नेतृत्व महत्वपूर्ण सावित भए पनि प्रहरी नियन्त्रणमा रहेका भनिएका व्यक्तिको आत्महत्या तथा केही राजनैतिक विवादका घटनामा उनको आलोचनमा भयो ।

तर पनि पछिल्लो समय उनको नेतृत्व पुरानो दाग मेट्न सक्रिय रह्यो । पौडेलको नेतृत्व आपराधि अनुसन्धानमा भने अब्बल पाइएको थियो ।


अब उनको ठाउँमा आउने मैनालीको कार्यकाल कस्तो रहन्छ धेरैको चासो छ । यस अघि प्रदेश प्रहरी कार्यालय जानु अघि केही जिल्लाको नेतृत्व समेत लिइसकेका मैनालीले उच्च राजनैतिक दबाबयुक्त तनहुँमा काम गर्दा सन्तुलन मिलाउनुपर्ने चुनौती छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी