दृष्टिविहिन परिवारलाई सुजनको १० हजार सहयोग

  • ख-
  • ख+

सुमन श्रेष्ठ
दमौलीः
व्यास १२ को भुजेल गाउँलाई उसै पनि पिछडिएको मानिन्छ । शिक्षा र अरु सुविधाको पहुँच कम पुगेको सो ठाउँका अधिकांश परिवार गरिबीको रेखामुनि बस्दै आएका छन् । यस्तोमा झनै दृष्टिविहिन परिवार अति कष्टप्रद जीवन बाँच्न बाध्य छ ।


परिवारका अधिकांश सदस्य दृष्टिविहिन भएको भुजेल परिवारमा एक सात वर्षिया बालिका मात्र देख्न सक्छिन् । चार मध्ये तीन सदस्य दृष्टिविहिन भए पछि दैनिक गुजारा गर्न गाह्रो छ ।


यस्तोमा व्यास २ बाट पोखरा रत्न चोक ७ स्थायी घर भै हाल जपान बस्दै आएका सुजन लालचनले परिवारबारे सुने पछि १० हजार बराबरको सहयोग गरेका छन् ।
उनले आवश्यक समानहरु गाग्री, कसौंडी, कराइ, डाडु,पनियो,प्लेट, खाद्यान्न सामग्री सहित ५ हजार रुपैया नगद पठाएका छन् ।

भुजेल परिवारको अवस्था कष्टप्रद भएकाले अरु सुभेच्छुकले समेत सघाएमा बालबालिकाको शिक्षादिक्षामा सहज हुने स्थानीय बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी