देउरालीनगर बधस्थल वरपर पहिरोको जोखिम

  • ख-
  • ख+

दमौलीः केही दिन देखि लगातार परेको अविरल वर्षाका कारण व्यासः३ बधस्थल वरिपरी पहिरो जान थालेको छ । भूक्षय भैरहँदा त्यस क्षेत्रका घरहरू जोखिममा परेको गुनासो स्थानीयको छ ।

बधस्थल निर्माण गर्दा बाटो साँघुरो भयो भन्दै डोजरले जथाभावी खन्दा भूक्षय हुन थालेको स्थानीयको भनाई छ । स्थानीयले सक्दो चाँडो रिटेनिङ पर्खाल लगाएर मात्र क्षति कम हुने भन्दै जनप्रतिनिधिसँग अनुरोध गरेका छन् । समयमै काम नभएमा पहिरो खस्ने क्रममा वृद्धि हुने भनाई उनीहरुको छ ।


‘वर्षायाम सुरु भएको छ सबैका घर पछाडि पहिरो गइरहेको छ, रिटेनिङ पर्खालले मात्र क्षति रोक्न सक्छ,’ स्थानीय ईश्वरी गिरीले भनिन् । बधस्थल बाटो माथि करिब ८÷९ घर भएकोले यसरी नै लगातार बर्षा भईरहने हो भने क्षती हुन सक्ने पुल्चोक टोल विकास संस्था का सह–सचिव देव गजमेरले बताए । समयमै यसको रोकथाम को प्रयास गरिनुपर्ने उनको भनाइ छ ।


पुल्चोक टोल विकास संस्था का अध्यक्ष नेत्रबहादुर थापा भन्छन् ‘समयमै नसोचिने हो भने क्षति बढी हुने अवस्था छ ।’

नगर सभामा प्रस्ताव
बजेट सकिएको भन्दै व्यास ३ वडा कार्यालयले रिटेनिङ पर्खालसम्बन्धी प्रस्ताव नगर सभामा पेश गरिने बताएको छ । नगरपालिकाको आगामी बजेटमा समेट्नका लागि पठाइएको भन्दै नगर सभाबाट पारित हुनासाथ काम अघि बढाइने कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी