ऋषिङमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन

  • ख-
  • ख+

ऋषिङ्ग : नेपाली कांग्रेस ऋषिङ्ग गाउँपालिका वडा नं ७ को वडा कार्यसमितिको कार्यालय उद्घाटन भएको छ । वडा सभापति दुर्गाबहादुर थापाको सभापतित्वमा संचालित कार्यक्रमका बिच नेपाली कांग्रेस क्षेत्र नं २ का कार्यवाहक सभापति संविधानसभा सदस्य झुलबहादुर आलेले उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि आलेले भवन उद्घाटन गर्दै नेपाली कांग्रेसको उत्साहजनक कृयाशिलता रहेको तर कम्युनिष्टको समाजवादलाई नक्कली भन्दै यसबारे समाजमा छरिएका भ्रमहरु चिर्न अनवरत लागि पर्न कार्यकर्तालाई निर्देशन दिए ।


कांग्रेस नेता एवं गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुु थापासहित नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा कार्य समितिका पूर्व सभापति तथा वडा नं ७ का अध्यक्ष जंगवीर आले र वडा समितिका सदस्य ईन्द्रबहादुर आलेले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी