भीड बढे पछि ‘ट्रि हाउस’मा यात्रा प्रतिबन्ध

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिकाको ज्यान्ट्याङ पँधेरा सामुदायिक वनको हरित पार्क परिसरमा निर्मित ‘ट्रि हाउस’मा भीड बढे पछि आवतजावतमा प्रतिबन्ध लगाइएको छ । डिभिजन वनले प्रवद्र्धन गरेको सो स्थानमा जाने तथा तस्बिर खिचाउने क्रम बढेसँगै सो ठाउँ अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।


फेसबुकमा तस्बिर तथा टिकटकमा भिडियो राख्ने बढेपछि त्यसकैका लागि पनि सो ठाउँमा जानेको संख्या अत्यधिक बढे पछि प्रहरीले आएका यात्रुलाई घर पठाएको थियो । दुई पटक सम्म पुगेको प्रहरीले भीड हटाए पछि केही समय आवतजावतमा प्रतिबन्ध लगाइएको सहायक वन अधिकृत मनोज रानाभाटले दमौली न्युजलाई बताए ।


पार्क निर्माणसँगै वन संरक्षण र पर्यटकीय गतिविधि वृद्धि हुने हिसाबले पार्कका लागि सघाइएको डिभिजन वन अधिकृत कोृमलराज काफ्लेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी