निधि, कोईराला र सिंहको भेटले कांग्रेसमा तरंग आउला ?

  • ख-
  • ख+

काठमाडौंः आसन्न महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाले आफू पुनः उठ्ने भन्दै सहयोगका लागि कार्यकर्ताहरुसँग आग्रह गरेसँगै नेपाली कांग्रेसमा नयाँ तरंग पैदा भएको छ । यसलाई संस्थापन पक्षको आधिकारिक घोषणाका रुपमा पनि हेरिएको छ ।


संस्थापनबाट सभापति देउवा आफैं अघि सरे पछि दोश्रो पुस्ताका नेताहरु एक ठाउँमा जमघट भएका छन् । संस्थापननिकट उप सभापति बिमलेन्द्र निधिसँगै गैरसंस्थापनका महामन्त्री डा. शशांक कोईराला र प्रकाशमान सिंह एक ठाउँमा भेला भएका छन् ।


निधि निवासमा भएको ‘लञ्च मिट’मा पार्टीको आसन्न महाधिवेशन र आ आफ्ना नेतृत्व दाबीबारे नेताहरुबीच विमर्श भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए । निधि कांग्रेसका प्रभावशाली नेता स्वर्गीय महेन्द्रनारायण निधिका पुत्र हुन् । यसैगरी डा. शशांक बीपी पुत्र हुन् भने प्रकाशमान सर्वमान्य नेता गणेशमान सिंहका पुत्र हुन् ।


दोश्रो पुस्ताका र नेतृत्वको दाबेदारी गरिरहेका र विरासत बोकेका नेताहरुको भेटले कांग्रेसवृत्तमा नयाँ तरंग पैदा भएको छ । उनीहरुको भेटमा सहकार्य वा अरु थप विषयमा छलफल वा सम्झौता भए नभकोबारे भने खुलाइएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी