आत्महत्या प्रयास गरेकी पत्नीलाई श्रीमानले बचाए, भगवानले बचाएनन्

  • ख-
  • ख+

दमौली :
समयः बिहिबार दिउँसो ४ बजे
स्थानः व्यास १० सेवर

एक घरमा भाडामा बसेका शुकु परियार गुरुङ र नवराज गुरुङ दम्पत्ती अनि नवराजका भाई शिशिरबीच श्रीमान श्रीमती र देवरबीच पारिवारिक विवाद भयो । छलफल र विवाद केही बढ्यो । अनि विवादकै क्रममा देवर शिशिरले भाउजुमाथि हात उठाए ।


घटनाबाट बिक्षिप्त बनेकी शुकुले आफूलाई थाम्न सकिनन् । त्यसपछि उनले कोठामा गएर खाटमा राखिने लेसकै प्रयोग गरी आत्महत्याको प्रयास गरिन् । लेस प्रयोग गरेर झुण्डिएकै अवस्थामा श्रीमान नवराजले पत्नीको घाँटीको पासो फुकाए । छट्पटीरहेकी पत्नीलाई बचाउन उनले अस्पतालसमेत पु¥याए ।


तर त्यतिबेला ढिला भैसकेको थियो । अस्पताल पुग्दा नपुग्दै उनको प्राणपखेरु उड्यो । घटनपछि प्रहरीले नवराज र उनका भाई शिशिर दुवैलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी