व्यवसायीलाई राहत हुने निर्णयः अब फेन्सी, किरानासहितका पसल विहान तीन घण्टा खुल्ने

  • ख-
  • ख+

दमौलीः जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार फेन्सी, किराना तथा भीडभाड नहुने खालका व्यापार व्यवसाय सोमबारबाट दैनिक ३ घण्टा खोल्न दिन तनहुँ प्रशासन सहमत भएको छ ।

व्यापारीहरुले आफूहरु संकटमा परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय खुल्न दिने वातावरण मिलाउन माग गरेका थिए ।

सोही अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सिफारिस दिए पछि अब प्रशासनले निषेध गरेका बाहेक सबै व्यवसाय खुल्न पाउने भएका छन् ।


सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘भिडभाड हुने भनेर निषेध गरेका बाहेकका पसल विहान चार घण्टा खुल्नेछन् ।’

यस्ता व्यवसायका लागि हाल विहान ८ देखि ११ बजेको समय तोकिएको छ । तर यस अघि नै खुल्दै आएका अत्यावश्यक व्यवसाय भने एक घण्टा कम बिहान ५ देखि ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

तर यसका लागि स्वास्थ्य मापदण्डको कडाई गर्न र नियम उल्लंघन भए कडा कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । तनहुँमा कोभिड संक्रमण गाउँमा बढी देखिएको भन्दै प्रशासनले व्यापार खुलाउन कडाई गर्दै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी