कोभिड निषेधाज्ञाः बजार खोल्नका लागि उद्योग वाणिज्य संघको माग

  • ख-
  • ख+

दमौलीः निषेधाज्ञा सकिनु अघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक बस्नुपूर्व तनहुँ उद्योग वाणिज्य संघले व्यापार व्यवसाय खोल्ने व्यवस्था गर्न प्रशासनसँग माग गरेको छ ।


एक पत्र लेख्दै संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिड संकट रोकथामका लागि जारी निषेधाज्ञाका कारण व्यवसायी जगत आक्रान्त भएको र बिस्थापित हुने अवस्था आएको भन्दै तनहुँमा व्यापार व्यवसाय सञ्चालनका लागि माग गरेका छन् ।


प्रशासनले सबै क्षेत्रको समस्या र गाउँमा फैलँदै गरेको कोभिड दुवैलाई हेरेर आवश्यक निर्णय लिने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी