तनहुँमा फेरि थपिंदै निषेधाज्ञा, कसरी होला निरन्तरता?

  • ख-
  • ख+

दमौलीः कुनै विशेष फेरबदल नभएमा सोमबार सकिने निषेधाज्ञाको अवधि फेरि थप हुँदैछ । दिउँसो साढे दुई बजे जिल्ला प्रशासन कार्यालय तनहुँमा बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । तर निषेधाज्ञा थप हुने र यस अघिकै परिवर्तित मोडलमै निरन्तरता हुने सम्भावना अधिक छ ।


यस अघि एक साता निषेधाज्ञा थप गर्दा मोबाईल मर्मत, ग्यारेज तथा शैक्षिक सत्र शुरु भएकाले पुस्तक पसल खोल्न दिने निर्णय भएको थियो । बैठककै पूर्वसन्ध्यामा व्यापारीहरुले स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिनुपर्ने राय राखिरहेका छन् ।


आजको बैठकमा मुख्यगरी अबको मोडलमा कत्तिको परिवर्तन गर्ने भन्ने विषयमै केन्द्रीत हुने प्रशासन श्रोतको भनाई छ । तर छिमेकका जिल्लामा तत्काल थप मोडल परिवर्तन भै नसकेकाले तत्काल मोडलमा धेरै परिवर्तन हुने सम्भावना भने कम देखिएको छ ।


यद्यपि राजस्व संकलनसहितका केही काम खोलाउने कि नखोलाउने भन्ने विषयमा पनि आज छलफल गरेर आवश्यक निचोडमा पुुगिने प्रशासनको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी