तनहुँका तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पौडेलले भने,‘राष्ट्र जोगाउन खोज्दा ढिलो भयो’

  • ख-
  • ख+

दमौलीः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पुर्व सभामुख रामचन्द्र पौडेलले तनहुँका १० वटै पालिका र लमजुङको मध्य नेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । सनिवार व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पौडेलले सबै पालिकाका प्रमुखहरू लाई सामग्री हस्तान्तरण गरेका हुन् ।


पौडेलले ११ वटा अक्सिजन कन्सिलेटर , फेस १ हजार ३ सय ३० थान , मास्क , सेनिटाईजर, पीपीई, फेस सेभ हेन्डवास, हेन्ड सेनिटाइजरलगायतका सामग्री सहयोग गरेको सो अवसरमा जानकारी दिए । पालिकाका अलावा दमौली अस्पताल, जीपी कोइराला अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही अस्पतालमा पनि सामग्री सहयोग प्रदान गरेका छन् ।


आफू जिल्ला मात्र नभएर राष्ट्रिय राजनीतिमा समेत व्यस्त भएकाले तत्काल आउन नसकेको उनले बताए । ‘देशमा लोकतन्त्र नै संकटमा थियो,’ उनले भने,‘देशलाई जोगाउन खोज्दा ढिला भयो ।’

कम्युनिष्टको ‘क’ भन्दा अधिनायकवादीको ‘अ’सँग खतरा
प्रजातान्त्रिक समाजवादीहरूका लागि कम्युनिस्टको क भन्दा अधिनायकवादको अ सँग खतरा रहेको पौडेलको भनाइ थियो । ‘बीपीले भन्नुहुन्थ्यो कम्युनिस्ट सँग मिल्ने नै होइन , त्यो हाम्रो सिद्धान्तले पनि दिँदैन । तर अब यसमा बदलाव ल्याउनु जरुरी छ ।,’ उनले भने ।
प्रधानमन्त्री केपी ओलीले देशलाई बर्बादीतर्फ लगेको भन्दै उनले तत्कालै विकल्प खोज्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी