मनाङ अपडेटः थुनिएको केही समय पछि मस्र्याङदी बग्न थाल्यो

  • ख-
  • ख+

चामेः वर्षाका कारण पहिरो झरेर मनाङको हुम्डेमा थुनिएको मस्र्याङदी नदी बिस्तारै बग्न थालेको छ । पहिरोका कारण बनेको ताल पुरै नहटे पनि नदी बिस्तारै बग्न थालेको स्थानीय पत्रकार नवीन लामिछानेले जानकारी दिए ।

यस अघि नदी जुनसुकै बेला पनि फुट्न सक्ने भन्दै प्रशासनले नदी छेउ नजानका लागि मनाङसँगै नदी करिडोरमा पर्ने तनहुँ र लमजुङका बासिन्दासमेतलाई आग्रह गरेको थियो ।
अझै पनि सतर्कता भने अपनाउनु आवश्यक रहेको प्रशासनको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी