वर्षाका कारण मस्र्याङदी थुनियो, मस्र्याङदी करिडोरमा सजगता अपनाउन प्रशासनको आग्रह

  • ख-
  • ख+

दमौलीः अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मनाङको हुम्डेमा मस्र्याङदी नदी थुनिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी थुनिएपछि बाढीको जोखिम बढेको छ ।

नदी जुनसुकै बेला पनि फुट्न सक्ने भन्दै प्रशासनले नदी छेउ नजानका लागि मनाङसँगै नदी करिडोरमा पर्ने तनहुँ र लमजुङका बासिन्दासमेतलाई आग्रह गरेको छ ।

वर्षाका कारण मनाङमा उच्च क्षति पुगेको छ ।

अपडेटः केही बेर अघिबाट बिस्तारै पानी बग्न थालेको मनाङबाट पत्रकार नवीन लामिछानेले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी